काठमाडौं । एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच भुतलाभुतल भएको छ । माइतीघर मण्डलमा उनीहरूबिच भुतलाभुतल भएको हो ।
घटनाका क्रममा दुई जनाबीच झगडा चर्किएपछि प्रहरीले हस्तक्षेप गर्दै दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याएको छ ।
त्यस समय शोभा पाठक र रश्मिला धामीलगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्बहाली गर्नुपर्ने मागसहित धर्नामा बसिरहेका थिए । सोही क्रममा अम्बिका बस्नेत समूहसहित पुगेपछि विवाद उत्पन्न भई झडपमा परिणत भएको बताइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुवै पक्षबीचको झगडा नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
भिडियाे: https://www.facebook.com/share/v/1CatZEqnAx/
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया