काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने व्यापारिक सार्वजनिक निकायको रूपमा समावेश गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान र प्रविधिमन्त्री सस्मित पोखरेलले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने जानकारी दिएका छन् ।
बैठकले भन्सार नियमावली २०८३ पनि स्वीकृत गरेको छ । साथै, मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) पदमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया