काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय दलको नेता चयनमा ढिलाइ भए पनि सहमति र परिपक्व निर्णयका लागि समय लागेको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

advertisement

थापाले बाहिरबाट ढिलाइ भएको टिप्पणी आए पनि पार्टीभित्र सहमतिमै सक्षम नेतृत्व चयन गर्ने प्रयास भइरहेको स्पष्ट पारे । ‘हामीले हतार नगरी सहमतिमा आधारित परिपक्व निर्णय गर्ने प्रयास गर्यौँ, त्यसैले केही समय लाग्यो,’ उनले भने ।

उनका अनुसार आकांक्षीहरूबीच सहमति जुटाउँदै सर्वसम्मत निर्णय गरिनु पार्टी एकताको संकेत हो । आङदेम्बेप्रति पार्टीका केन्द्रीय नेतादेखि बाहिर रहेका अधिकांश नेताहरूको समेत समर्थन र विश्वास रहेको उनले बताए ।
सभापति थापाले अब पार्टी एकताबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com