काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौँका दुई वटा व्यवसायिक फर्मलाई जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अनुसार गरिएको अनुगमनका क्रममा त्रुटि भेटिएपछि ठमेलस्थित वेस्ट सपिङ सेन्टरलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो।

यस्तै, विमानस्थल क्षेत्रको कान्तिपुर क्याफेलाई पनि सोही बराबरको जरिवाना गरिएको विभागले जनाएको छ।

advertisement

ठमेलस्थित हेभन ह्याण्डिक्राफ्ट २६ र गुडलक ट्रेकिङ सपलाई भने आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

सोमबार विभागले कुल ४७ वटा फर्ममा अनुगमन गरेकोमा ४३ वटालाई सुधारात्मक निर्देशन दिइएको जानकारी दिएको छ।

उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभागितामा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com