काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौँका दुई वटा व्यवसायिक फर्मलाई जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अनुसार गरिएको अनुगमनका क्रममा त्रुटि भेटिएपछि ठमेलस्थित वेस्ट सपिङ सेन्टरलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो।
यस्तै, विमानस्थल क्षेत्रको कान्तिपुर क्याफेलाई पनि सोही बराबरको जरिवाना गरिएको विभागले जनाएको छ।
ठमेलस्थित हेभन ह्याण्डिक्राफ्ट २६ र गुडलक ट्रेकिङ सपलाई भने आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
सोमबार विभागले कुल ४७ वटा फर्ममा अनुगमन गरेकोमा ४३ वटालाई सुधारात्मक निर्देशन दिइएको जानकारी दिएको छ।
उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभागितामा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया