काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ।

अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको हो।

advertisement

सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् वैशाख २१ गतेसम्म सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ।

अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ।

साथै धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ।

उम्मेदवार उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्नेछ भने सम्बन्धित कानुनअनुसार अयोग्य घोषित नभएको हुनुपर्नेछ।

उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ।

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा कुनै विदेशी मुलुकको स्थायी बसोबास अनुमति नलिएको व्यक्ति मात्रै योग्य मानिनेछ।

आवेदनका क्रममा बायोडाटा, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा पेशागत अनुभव पुष्टि गर्ने कागजात पेश गर्नुपर्नेछ।

मन्त्रालयको वेबसाइटमा उपलब्ध ढाँचाअनुसार स्वघोषणा फारामसमेत अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

अर्थ मन्त्रालयले प्राप्त आवेदनहरूमध्ये सिफारिस समितिले संक्षिप्त सूची तयार गर्ने जनाएको छ।

आवश्यक परे थप विवरण माग गर्न सकिनेछ भने झुट्टा विवरण पेश गरे कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

सरकारले धितोपत्र बजारको नेतृत्व चयन प्रक्रिया अघि बढाउन यो सूचना सार्वजनिक गरेको जनाएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com