काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ।

advertisement

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। मंगलबार प्रतितोला चार हजार ९४५ रुपैयाँमा बिक्री भएको चाँदी बुधबार ३० रुपैयाँले घटेर चार हजार ९१५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com