काठमाडौं । म्याग्दीबाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका पुनले बुधबार सामाजिक सञ्जालमार्फत व्यक्तिगत सम्पत्तिको विवरण सार्वजनिक गरेका हुन्।
सार्वजनिक विवरणअनुसार पुनकी श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको छ, जुन इष्टमित्रबाट उपहारस्वरूप प्राप्त भएको उनले उल्लेख गरेका छन्।
त्यसैगरी, नेपाल बैंक लिमिटेडमा करिब चार लाख रुपैयाँ नगद मौज्दात रहेको र राष्ट्रिय वाणिज्य बैंक मा २५ लाख रुपैयाँ रहेको जानकारी दिएका छन्। उक्त रकम चुनावी चन्दाबाट संकलन भएको उनले स्पष्ट पारेका छन्।
जग्गा सम्पत्तिको हकमा, कास्की जिल्लामा विभिन्न कित्तामा गरी करिब २७ रोपनी १५ आना ४ पैसा जग्गा आफ्नो नाममा रहेको पुनले विवरणमा उल्लेख गरेका छन्।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया