काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन्। शरीरमा सुगरको मात्रा कम भएपछि उनलाई ललितपुरस्थित किस्ट अस्पताल मा उपचारका लागि भर्ना गरिएको हो।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार उपसभामुखको स्वास्थ्यमा समस्या देखिएपछि तत्काल अस्पताल लगिएको हो। उनको शरीरमा सुगर कम भएको रहेछ, अहिले उपचार भइरहेको छ, उनले जानकारी दिए।
उपसभामुख बिरामी परेपछि श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी हुन सकेको छैन। सांसद राईले उपचारमै व्यस्त रहनु परेकाले बैठकमा उपस्थिति जनाउन नसकिएको बताए।
हाल उपसभामुखको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया