बुटवल । रुपन्देहीको बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रोबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्।
बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रोबस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको विद्युतीय माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी चौकी देवदह, खैरेनीका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया