काठमाडौं। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेका अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको छ।
कार्यालयले वन क्षेत्र, सामुदायिक वन, कुन्जभित्रका सडक, खोला तथा नदी किनारका क्षेत्रमा अनधिकृत रूपमा बसोबास तथा संरचना निर्माण भएको भन्दै ती संरचना तत्काल हटाउन निर्देशन दिएको हो।
सूचनाअनुसार वन क्षेत्रभित्र अनधिकृत रूपमा बनाइएका घर, टहरा, गोठ, पर्खाल तथा खेतीपाती लगायत संरचना १५ दिनभित्र खाली गर्नुपर्नेछ।
तोकिएको समयभित्र अतिक्रमण नहटाइए कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
निकुञ्ज प्रशासनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार जरिवाना तथा कैद सजाय हुन सक्ने उल्लेख गर्दै समयमै अतिक्रमण हटाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार












प्रतिक्रिया