काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन्। ११ दिनअघि दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पॉल कपुरले नेपाल भ्रमण सम्पन्न गरेर फर्किएपछि गोरको यो भ्रमण हुन लागेको हो।
भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरले आफ्नो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्ने योजना बनाएका छन्। तर हालसम्म उक्त भेटघाट औपचारिक रूपमा निश्चित भइसकेको छैन। प्रधानमन्त्री शाहको सचिवालय स्रोतका अनुसार पनि अहिलेसम्म भेटका लागि कुनै आधिकारिक कार्यतालिका तय भएको छैन।
यसअघि गोरले बंगलादेश, भुटान र श्रीलंकासहितका देशहरूको भ्रमण गरी त्यहाँका शीर्ष नेतृत्वसँग भेटवार्ता गरिसकेका छन्। नेपाल भ्रमणका क्रममा भने प्रधानमन्त्रीसँग भेट अनिश्चित रहे पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भने भेटघाटको तालिका निश्चित भएको छ।
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया