काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दासम्बन्धी आरोपपत्र संशोधन निर्णयविरुद्ध दायर निवेदनको सुनुवाइ आज स्थगित भएको छ।

उनका कानुन व्यवसायीले निवेदन दिएपछि आजका लागि तोकिएको सुनुवाइ स्थगित गरिएको हो।

advertisement

उक्त मुद्दा सर्वोच्च अदालत मा पूर्ण इजलाससमक्ष पेशीमा रहेको थियो।

सुनुवाइका लागि न्यायाधीशहरू अव्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको इजलास तोकिएको थियो।

अब उक्त मुद्दाको अर्को सुनुवाइ मिति अदालत प्रशासनले पछि तोक्नेछ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com