काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १०० रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार शुल्क लगाउने सरकारी नीतिलाई तत्काल खारेज गर्न माग गरेका छन्।

उनले उक्त नीतिले सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवन प्रभावित भएको भन्दै यसलाई  नागरिकमैत्री नभएको र हेपाहा नीति को संज्ञा दिएका छन्। थापाका अनुसार यस्तो व्यवस्थाले विशेषगरी मधेस क्षेत्रका नागरिकलाई प्रत्यक्ष असर पारेको छ र उनीहरू त्रासका साथ सीमा पार गर्न बाध्य भएका छन्।

advertisement

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, यो नागरिकमैत्री नीति हुँदै होइन, यो एक प्रकारको हेपाहा नीति हो। यसले मधेसको दैनिकीमा घाउ पुर्‍याएको छ।

उनका अनुसार भन्सार विभाग स्वयंले समेत यसबाट उल्लेखनीय राजस्व नउठ्ने स्वीकार गरिसकेको अवस्थामा यस्तो नीति किन आवश्यक भयो भन्ने प्रश्न उठ्छ।

 

थापाले सीमावर्ती क्षेत्रमा महिला, विद्यार्थी, किसान र श्रमिक वर्ग सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै सरकारले नागरिकको सम्मान र सहजता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

सरकारले चैत १३ गतेको मन्त्रिपरिषद् बैठकमार्फत १०० रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार शुल्क लागू गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com