काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ। निगमले बिहीबार जारी गरेको सूचनाअनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले कमी गरिएको हो।
नयाँ दरअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
यद्यपि, निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रति किलोलिटर अमेरिकी डलर ४६ ले बढाइएको छ। त्यसैगरी, एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँ वृद्धि भएसँगै नयाँ मूल्य २१६० रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया