काठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको भाउ बढेको हो।

शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार ४०० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर दुई लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला चार हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १३५ रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com