काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सत्य, अहिंसा, करुणा र शान्तिको मार्ग देखाउने बुद्धका शाश्वत सन्देश आजको विश्वमा अझ बढी सान्दर्भिक रहेको बताएका छन्।

advertisement

उनले बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाण एकै दिन परेको ऐतिहासिक तथा पावन दिनको स्मरणसमेत गरेका छन्।

ओलीले सन्देशमा लेखेका छन्, “आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा मानव इतिहासले करुणाको उज्यालो देख्यो, शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भयो। यसै दिन उहाँले बोध प्राप्त गर्नुभयो र २५७० वर्षअघि यही दिन महापरिनिर्वाणमा विलीन हुनुभयो।

उनले नेपालभित्र मात्र नभई विश्वका सबै देशबीच शान्ति, सहिष्णुता र मैत्रीभाव कायम रहोस् भन्ने कामना पनि व्यक्त गरेका छन्।

अन्त्यमा ओलीले सबैको मनमा करुणा, सद्भाव र मानवताको भावना जागृत होस् भन्दै “सबैको अन्तर्मनमा करुणाको दीप बलोस्” भन्ने सन्देश दिएका छन्।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com