काठमाडौं । नेपाली फिल्म उद्योगका निर्देशक तथा कलाकारहरूको सहभागिता तथा उमर प्रोडक्सनको प्रस्तुतिमा भारतीय फिल्म ‘सल्तनत’ को घोषणा भएको छ।
राजनीतिक द्वद्धकथामा आधारित यस फिल्मलाई नेपाली फिल्मकर्मीहरूको अन्तर्राष्ट्रिय स्तरको पहिलो ठूलो सहकार्य परियोजनाका रूपमा लिइएको छ।
फिल्मको निर्देशन सपेन्द्र धिताल र तबरेज आलमले गर्ने छन्। नेपाली तथा अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा सक्रिय धितालले यसअघि पनि विदेशी प्रोजेक्टहरूमा काम गरिसकेका छन्।
निर्माण पक्षका अनुसार उनको अनुभवले यस फिल्मलाई विश्वस्तरीय बनाउने अपेक्षा गरिएको छ।
अभिनेता उमर खान, जसले यसअघि होस्टेल-३ मार्फत दर्शकमाझ राम्रो प्रभाव जमाइसकेका छन्, उनी यस फिल्ममा नायक तथा सपेन्द्र धिताल खलनायकको भुमिकामा देखिनेछन्। त्यस्तै, फिल्ममा नायिका सितोष्णा केसी, फिजा खान रहने छन भने अन्य चर्चित भारतिय कलाकारहरुको समेत अभिनय रहेको छ।
लखनउ, मुम्बई, जम्बुकस्मिर, लद्दाख क्षेत्रमा छायांकनको तयारीसँगै फिल्मले नेपाल र भारतबीचको फिल्मी सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
निर्माण पक्षका अनुसार यो प्रोजेक्ट समकालीन राजनितीक कथाबस्तु केन्द्रमा राखेर तयार पारिँदैछ।
निर्माण टिमले भारतीय फिल्म मार्फत नेपाली फिल्मलाई पनि अन्तर्राष्ट्रिय विस्तार र नयाँ सम्भावनाको ढोका खोल्ने परियोजनाका रूपमा लिइएको छ।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया