काठमाडौं । पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन ३ थान, सोही पेस्तोलको गोली ४ राउन्ड, एसएलआर हतियारको गोली २ राउन्ड र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

advertisement

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय सुवास शाही रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार र लागुऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com