काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्।
शुक्रबार सरकारले बस्ती हटाउने क्रममा भएको दृश्य सहन नसकेपछि रेखा कुँवर अचेत भएको प्रहरीले जनाएको छ।
बेहोस भएकी कुँवरको तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया