काठमाडौँ । सहकारीमा अब ‍साँवाभन्दा बढी ब्याज लिन नपाइने भएको छ । सरकारले ल्याएको सहकारीसबन्धी अध्यादेशमा यस्तो व्यवस्था गरिएको हो।

सहकारी संस्थाहरूले चर्को ब्याज, स्याज र हर्जना जोडेर गरिब ऋणीहरूको उठिबास लगाएको गुनासो आइरहेको बेला अध्यादेशमार्फत सरकारले कानुनी रूपमै बन्द गरिदिएको हो।

अब कुनै पनि सहकारी संस्थाले ऋणीबाट असुल गर्ने कुल ब्याज रकम निजले लिएको मूल ऋण (साँवा) रकमभन्दा बढी हुन पाउने छैन । यसको अर्थ, एक लाख रुपैयाँ ऋण लिएको व्यक्तिले जतिसुकै वर्षपछि वा जतिसुकै हर्जना थपिए पनि ब्याजबापत एक लाखभन्दा बढी तिर्नु पर्दैन।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com