एजेन्सी। संयुक्त राज्य अमेरिकाको कम भाडादरमा सेवा दिने एयरलाइन्स स्पिरिट एयरलाइन्स आर्थिक संकटका कारण बन्द हुने अवस्थासम्म पुगेको छ।

आवश्यक सरकारी आर्थिक सहयोग प्राप्त गर्न असफल भएपछि कम्पनीको भविष्य अनिश्चित बनेको बताइएको छ।

advertisement

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कम्पनीलाई जोगाउन अन्तिम चरणको प्रस्ताव अघि सारेको भए पनि सम्झौता हुन नसकेपछि एयरलाइन्स सञ्चालन निरन्तरता दिन कठिन बनेको हो।

यससँगै कम्पनीले सेवा बन्द गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्पिरिट एयरलाइन्स पछिल्ला केही वर्षदेखि लगातार आर्थिक दबाबमा रहँदै आएको थियो।

सञ्चालन खर्च बढ्दै जानु, ऋणको भार थपिनु र यात्रु माग अपेक्षाअनुसार नबढ्नुले कम्पनीलाई थप समस्यामा पारेको हो।

कोभिड महामारीपछि कमजोर बनेको कम्पनीलाई पछिल्लो समय इन्धनको मूल्यवृद्धिले पनि ठूलो असर पारेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै हवाई इन्धन महँगिँदा एयरलाइन्सको खर्च झन् बढेको बताइएको छ।

कम्पनीका कानुनी प्रतिनिधिका अनुसार कम्पनी बन्द हुने अवस्थामा पुगेमा हजारौं कर्मचारी रोजगारी गुमाउने जोखिममा छन्।

करिब सत्र हजारभन्दा बढी कामदार प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

यसअघि पनि कम्पनी आर्थिक पुनर्संरचनाको प्रक्रियामा गएको थियो, तर समस्या समाधान हुन नसकेपछि पुनः संकट गहिरिएको हो।

अहिले कम्पनीको भविष्यलाई लिएर अनिश्चितता कायम रहेको छ।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com