काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीनवटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार वैशाख १९ गते राष्ट्रपति पौडेलले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३’ जारी गरेका हुन्।
यी अध्यादेशहरू नेपालको संविधानको धारा १४४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि पनि राष्ट्रपति पौडेलले वैशाख १८ गते ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश’ जारी गरेका थिए।
त्यसैगरी, वैशाख १७ गते ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ समेत जारी भइसकेका छन्।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार













प्रतिक्रिया