काठमाडौं । विराटनगर विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीले दुई दिनभित्र स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुई यात्रुलाई नियन्त्रणमा लिएको छ।

विराटनगरबाट काठमाडौँतर्फ उडान भर्न लागेका फरक–फरक एयरलाइन्सका यात्रुहरूबाट झोलाभित्र लुकाइएको अवैध नगद बरामद भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्।

advertisement

पहिलो घटना शुक्रबार साँझ करिब ८ बजे भएको हो। बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका सुनसरीको धरान–१८ का ३५ वर्षीय दिलीप तामाङमाथि शंका लागेपछि सुरक्षाकर्मीले जाँच गरेका थिए। जाँचका क्रममा उनको झोलाबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

त्यसको भोलिपल्ट शनिबार दिउँसो करिब ३:३५ बजे अर्को घटना सार्वजनिक भयो। श्री एयरलाइन्सबाट काठमाडौँ आउन लागेका भारतको माल्दा जिल्ला सुजागञ्ज निवासी ३६ वर्षीय मोहिदिल अलिको झोला जाँच गर्दा १५ लाख ९८ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै घटनामा गरी कुल २६ लाख ९८ हजार रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका तामाङ र अलिलाई रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com