काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले देशको राजनीति र प्रशासनिक संरचनामा व्यापक सुधारको प्रक्रिया सुरु भएको बताएका छन्।

उनले पदमा नियुक्ति गर्दा योग्यता भन्दा राजनीतिक आस्थालाई प्राथमिकता दिइएको आरोप लगाउँदै यस्ता प्रवृत्तिले देशलाई भित्रभित्रै कमजोर बनाएको दाबी गरे। अब रिक्त पदहरूमा स्वदेश तथा विदेशमा अनुभव हासिल गरेका नेपाली विज्ञहरूलाई निष्पक्ष ढंगले नियुक्त गरिने र त्यसपछि मात्रै देशले सही दिशा लिने उनको विश्वास छ।

advertisement

ढकालका अनुसार विगत ३० वर्षमा हुन नसकेका धेरै कामहरू अहिले छोटो समयमै अघि बढिरहेका छन्। उनले हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी २० प्रतिशत काम पूरा हुन बाँकी रहेको बताए। यस क्रममा केही पक्ष असन्तुष्ट हुनसक्ने स्वीकार गर्दै उनले त्यसप्रति क्षमायाचनासमेत व्यक्त गरे।

उनले अहिले चालिएका कदमहरू कुनै व्यक्ति विशेषलाई लक्षित नभई देशको समग्र हितका लागि गरिएको स्पष्ट पारे। सबैलाई सधैं सन्तुष्ट पार्न नसकिने भए पनि यी निर्णयहरूले दीर्घकालीन रूपमा सकारात्मक परिणाम दिने उनको भनाइ छ।

ढकालले वर्तमान अवस्थालाई बिरामीको शल्यक्रियासँग तुलना गर्दै केही समयको पीडा सहेर दीर्घकालीन फाइदा लिनु बुद्धिमानी हुने तर्क गरे। देशलाई बचाउन अहिलेका कडा निर्णय अपरिहार्य रहेको उनको जोड छ।

उनले यस्तो अवसर बारम्बार नआउने भएकाले अहिले नै परिणाममुखी काम गर्नुपर्ने दबाब र जिम्मेवारी रहेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com