काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार लेखेकै कारण कसैले पनि डराउन नपर्ने वातावरण निर्माण गर्नु सबैको जिम्मेवारी भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाविरुद्ध होइन, यो नागरिकको सूचनाप्राप्त गर्ने अधिकारको संरक्षणका लागि हो। सत्य लेखेकै कारण कसैले पनि डराउन नपर्ने वातावरण बनाउन हामी सबैको दायित्व हो।”
उनले आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी अझ चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेका छन् ।
त्यसैगरी, उनले केही अवस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिने सञ्चारकर्मीप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार












प्रतिक्रिया