एजेन्सी । इरानको राष्ट्रिय ट्यांकर कम्पनी को स्वामित्वमा रहेको कच्चा तेल बोक्ने विशाल जहाज (भीएलसीसी) अमेरिकी नाकाबन्दीलाई छल्दै एशिया–प्रशान्त क्षेत्रमा प्रवेश गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिरा ले ट्यांकर निगरानी गर्ने संस्था ट्याङ्करट्रयाकरडटकम लाई उद्धृत गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो।

उक्त जहाजमा करिब १९ लाख ब्यारेल कच्चा तेल रहेको र यसको मूल्य झण्डै २२ करोड अमेरिकी डलर पर्ने अनुमान गरिएको छ। एक साताअघि श्रीलंका आसपासमा देखिएको यो ट्यांकर हाल लोम्बोक स्ट्रेट पार गर्दै रियाउ द्वीपसमूहतर्फ अघि बढिरहेको बताइएको छ।

ट्याङ्करट्रयाकरडटकमका अनुसार उक्त भीएलसीसी अप्रिल १३ मा इरानी जलक्षेत्रमै रहेको थियो, जुन दिन अमेरिकी नौसेना ले इरानी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेको थियो।

यस्तै, जहाजले मार्च २० यता आफ्नो अटोमेटिक आइडेन्टिफिकेशन सिस्टम (एआईएस) बन्द राखेको थियो। विशेषगरी स्ट्रेट अफ होर्मुज पार गरी इरानतर्फ जाँदा उक्त प्रणाली बन्द गरिएको जनाइएको छ।

यसअघि अप्रिल २९ मा इरानी सरकारी सञ्चारमाध्यमहरूले कम्तीमा ५२ इरानी जहाजहरूले अमेरिकी नाकाबन्दी तोड्न सफल भएको दाबी गरेका थिए। तर अमेरिकी सेना ले भने नाकाबन्दी सुरु भएयता इरानसँग सम्बन्धित करिब ४१ जहाजलाई फर्कन बाध्य बनाइएको जनाएको छ।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com