काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासी बस्तीका बालबालिकाको शिक्षामा परेको अवरोधप्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई तत्काल विद्यालय जाने वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन्।

कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रम मा राखिएका पीडित सुकुमबासी परिवारसँग भेटपछि उनले बालबालिकाको पढाइ प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी हुन्।

advertisement

उनका अनुसार धेरै बालबालिकाको विद्यालय छुटेको छ भने कतिपयले नयाँ शैक्षिक सत्रमै भर्ना हुन नपाएको गुनासो गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले ढिलाइ नगरी छिटोभन्दा छिटो विद्यालयमा पुनः फर्किने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी छन्।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com