काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन्।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले आइतबार प्रमाण नपुग्ने ठहर गर्दै बम्जनलाई आरोपबाट मुक्त गर्ने फैसला सुनाएको हो।
अदालतले गत वैशाख ८ गते नै अभियोग पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिने निर्णय गरेको थियो।
यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०८० पुस १४ गते बुढानीलकण्ठ क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो। त्यसपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरी मुद्दा दायर गरिएको थियो।
प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार













प्रतिक्रिया