काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले सुकुम्बासीहरूले अहिले भोगिरहेको दुःखभन्दा उनीहरूले वर्षौँदेखि सहँदै आएको पीडा अझ गम्भीर रहेको बताएका छन्। आइतबार सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुकुम्बासी व्यवस्थापनका लागि सरकारले काम गरिरहेको र अझ प्रभावकारी बनाउन प्रयास भइरहेको बताए।

उनले भने, “सुकुम्बासीको हकमा अझ राम्रो व्यवस्थापन गर्न सकिन्थ्यो, र त्यस्ता सम्भावनाहरू सधैँ रहन्छन्। केही समयभित्रै व्यवस्थापन गर्दैछौँ र छिटो काम गर्न सरकारलाई पनि भनेका छौँ। अहिलेको दुःखभन्दा उनीहरूले लामो समयदेखि भोगेको दुःख ठूलो हो। दुःखमा राखिराख्ने होइन, अवस्था सुधार्ने हाम्रो प्रयास हो। हामी उहाँहरूलाई घरवारविहीन हुन दिँदैनौँ।”

advertisement

लामिछानेले व्यवस्थापनका क्रममा केही त्रुटी भए पनि समग्र रूपमा सबैलाई व्यवस्थित गरिने विश्वास व्यक्त गरे। उनले भने, “केही कमजोरी भएका छन्, तर लगत संकलन गरेर सबैलाई पूर्ण रूपमा व्यवस्थापन गर्छौं। कसैले पनि शंका गर्नुपर्ने अवस्था छैन। शक्तिशाली आयोग वा प्राधिकरण बनाएर छिटोभन्दा छिटो समाधान गर्छौं।”

उनले सुकुम्बासी व्यवस्थापनको विषयमा रास्वपामाथि आरोप लगाउने प्रयासप्रति आपत्ति जनाउँदै भने, “रास्वपाको काँधमा बन्दुक हान्ने प्रयासप्रति हाम्रो कडा आपत्ति छ। सुकुम्बासीलाई सुरक्षित राख्नकै लागि हामीले यो कदम चालेका हौँ।”

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com