काठमाडौं । प्रहरीले काठमाडौंका ठमेल, बौद्ध तथा ललितपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका मसाज सेन्टरहरूमा छापा मारेर महिला र पुरुषलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २४० महिला र १८ पुरुष गरी कुल २५८ जनालाई नियन्त्रणमा लिइएको हो।
कार्यालयका प्रवक्ता एसपी रामेश्वर केसीका अनुसार नियन्त्रणमा लिइएकामध्ये कसलाई मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा आवश्यक छानबिन भइरहेको छ।
प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार












प्रतिक्रिया