काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न मसाज सेन्टरहरूमा छापा मार्दै दुई सयभन्दा बढी महिला र पुरुषलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौं र ललितपुरका मसाज सेन्टरहरूबाट २५८ जनालाई नियन्त्रणमा लिइएको हो। आइतबार कार्यालयको टोलीले ५७ वटा मसाज सेन्टरमा एकसाथ छापा मारेको थियो।
अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया