काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालयले आइतबार साँझ लिपुलेक मुद्दामा भारत र चीनलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा सार्वजनिक गरेसँगै भारतले पनि प्रतिक्रिया जनाएको छ।

परराष्ट्र मन्त्रालयको जानकारीपछि उठेका ‘मिडिया चासो’बारे बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले नेपालको दाबी “आधारहीन र ऐतिहासिक तथ्य तथा प्रमाणमा आधारित नभएको” बताएका छन्।

advertisement

भारतले लिपुलेक भञ्ज्याङ हुँदै सन् १९५४ देखि कैलाश–मानसरोवर यात्रा गर्दै आएको दाबी गर्दै नेपालको विरोध अस्वीकार गरेको छ।

अहिलेसम्म चीनबाट भने कुनै औपचारिक प्रतिक्रिया आएको छैन। साथै, भारतले नेपालसँग ‘रचनात्मक अन्तरक्रिया’का लागि सधैं खुला रहेको पनि जनाएको छ।

आइतबार साँझ लिपुलेक मुद्दामा भारत र चीनलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा सार्वजनिक गरेसँगै भारतले पनि प्रतिक्रिया जनाएको छ।

परराष्ट्र मन्त्रालयको जानकारीपछि उठेका ‘मिडिया चासो’बारे बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले नेपालको दाबी “आधारहीन र ऐतिहासिक तथ्य तथा प्रमाणमा आधारित नभएको” बताएका छन्।

भारतले लिपुलेक भञ्ज्याङ हुँदै सन् १९५४ देखि कैलाश–मानसरोवर यात्रा गर्दै आएको दाबी गर्दै नेपालको विरोध अस्वीकार गरेको छ।

अहिलेसम्म चीनबाट भने कुनै औपचारिक प्रतिक्रिया आएको छैन। साथै, भारतले नेपालसँग ‘रचनात्मक अन्तरक्रिया’का लागि सधैं खुला रहेको पनि जनाएको छ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com