काठमाडौं । स्ट्रेट अफ हर्मुज तनावबीच तेलस्ट्रेट अफ हर्मुज क्षेत्रमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।

ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत उक्त क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिका तयार रहेको बताएका थिए। त्यसको प्रभावस्वरूप सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको हो।

advertisement

बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ डलर कायम भएको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) ८४ सेन्टले घटेर १०१.१० डलरमा झरेको छ।

ट्रम्पले इरान, मध्यपूर्व र अमेरिकाको हितलाई ध्यानमा राख्दै प्रतिबन्धित जलमार्गबाट जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्ने र व्यापारिक गतिविधि सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यद्यपि, अमेरिका र इरानबीच शान्ति सम्झौता हुन नसक्दा तेलको मूल्य अझै १०० डलर माथि नै कायम रहेको छ। स्ट्रेट अफ हर्मुजमा व्यापारिक आवागमन अझै सीमित छ र दुवै देशबीच भइरहेका वार्ताहरू निष्कर्षमा पुग्न सकेका छैनन्।

विश्लेषकहरूका अनुसार दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हट्न तयार नभएका कारण शान्ति वार्ता सुस्त बनेको छ। ट्रम्पले तेहरानसँगको आणविक सम्झौतालाई प्राथमिकतामा राखेका छन् भने इरानले युद्ध अन्त्य नभएसम्म र खाडी क्षेत्रमा लगाइएको नाकाबन्दी नहटेसम्म आणविक मुद्दामा छलफल नगर्ने अडान दोहोर्‍याउँदै आएको छ।

यसैबीच, पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक प्लस) ले जुन महिनाका लागि तेल उत्पादन दैनिक १ लाख ८८ हजार ब्यारेलले बढाउने निर्णय गरेको छ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com