काठमाडौं। सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा कुनै संशोधन नगरी पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि फिर्ता आएको अध्यादेशलाई यथावत् रूपमा अघि बढाउने निष्कर्ष निकालेको हो।
राष्ट्रपतिले आइतबार उक्त अध्यादेश पुनर्विचार गर्नुपर्ने भन्दै सरकारलाई फिर्ता पठाएका थिए।
तर सरकारले सो सुझावलाई समेटेर कुनै परिवर्तन नगरी पुरानै प्रस्ताव पुनः सिफारिस गरेको जनाएको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले अध्यादेश जस्ताकै रूपमा पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो।
उनले अध्यादेशमा कुनै परिमार्जन नगरेको स्पष्ट पारे।
पत्रकारहरूको जिज्ञासामा उनले पहिले तयार गरिएको मस्यौदामै पुनः सिफारिस गरिएको भन्दै कुनै संशोधन नगरिएको बताएका छन्।
यस कदमसँगै अध्यादेशलाई लिएर कार्यपालिका र राष्ट्रपतिको भूमिकाबारे राजनीतिक तथा कानुनी बहस अझ तीव्र हुने संकेत देखिएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार












प्रतिक्रिया