काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई अदालतमा उपस्थित गराउन निर्देशन दिँदै सम्बन्धित पक्षसँग कारण देखाऊ आदेशसमेत जारी गरेको हो।
उनकी श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको हो। सर्वोच्च अदालत नेपाल ले रिटको प्रारम्भिक सुनुवाइपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया