काठमाडौं। काठमाडौं उपत्यकाभित्रका सुकुम्बासी बस्तीको वास्तविक अवस्था बुझ्न संसदीय समिति स्थलगत अवलोकन मा जाने भएको छ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिको बैठकले हालै हटाइएका बस्तीका बासिन्दाको अवस्था बुझ्न एक हप्ताभित्र अनुगमन गर्ने निर्णय गरेको हो।
समिति सभापति समीक्षा बास्कोटाका अनुसार सुकुम्बासी बस्तीको वर्तमान स्थिति, समस्याहरू र नागरिकले भोगिरहेका कठिनाइबारे प्रत्यक्ष अध्ययन गर्न टोली उपत्यकाभित्रका प्रभावित स्थानमा पुग्नेछ।
उनले सीमित स्रोतका कारण अहिले उपत्यकाबाहिरका क्षेत्र समेट्न नसकिने स्पष्ट पार्दै पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रमै अनुगमन केन्द्रित गरिने जानकारी दिइन्।
समितिको यो निर्णयसँगै सुकुम्बासी व्यवस्थापन र पुनर्वाससम्बन्धी विषयमा थप अध्ययन र नीतिगत बहस अघि बढ्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया