काठमाडौं । भक्तपुर नगरपालिका–५ आदर्श क्षेत्रमा टिपरको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार बा.४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको हो।
दुर्घटनापछि प्रहरीले टिपर चालक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे स्थायी घर भई बनेपा बस्दै आएका ३६ वर्षीय श्यामकुमार तामाङलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त जगाती ले गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया