काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि पूर्व मर्चेन्ट बैंकर तथा हाल मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष बिनोद आचार्यले आवेदन दिएका छन्। व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका आचार्यले आफ्नो बैंकिङ यात्रा साविक किष्ट बैंकबाट सुरु गरेका थिए।
आचार्यसँग साविक सिभिल क्यापिटल मार्केट र सेञ्चुरी क्यापिटल मार्केटमा मर्चेन्ट बैंकिङ प्रमुख/ प्रमुख संचालन अधिकृतका रूपमा काम गरेको करिब दुई दशक लामो अनुभव छ। पूँजी बजारका दर्जनौँ पब्लिक कम्पनीहरूमा संस्थागत सल्लाहकारको भूमिकामा रहेका आचार्यलाई बजारले अनुभवी र सक्षम नेतृत्वका रूपमा हेरेको छ।
धितोपत्र बोर्डको नेतृत्वका लागि उनको आवेदनलाई शेयर बजारका विज्ञहरूले विशेष चासोका साथ विश्लेषण गरिरहेका छन्। पूँजी बजारको गहिरो बुझाइ र दीर्घ अनुभवका कारण आचार्य अध्यक्ष पदका प्रमुख दावेदारको रूपमा उभिएका छन्।
यसैबीच, स्रोतका अनुसार आचार्यको अनुभव र कार्यक्षमतालाई आधार मान्दै अर्थविदहरुले समेत उनको आवेदनलाई सकारात्मक रूपमा लिएको बुझिएको छ, जसले उनको दाबीलाई अझ मजबुत बनाएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया