काठमाडौं । सिरहामा सोमबार साँझ आएको ठूलो हावाहुरीका कारण घरको छतको रेलिङ भत्किँदा एक जना महिलाको ज्यान गएको छ।

मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

प्रहरीका अनुसार हावाहुरीका कारण घरको छतमा लगाइएको इँटाको रेलिङ भत्किएर खस्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

घरको बरन्डामा बसिरहेको अवस्थामा अचानक रेलिङ भत्किएर उनको टाउकोमाथि खसेको थियो ।

घाइते अवस्थामा उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com