काठमाडाैं । कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने १० जना युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान गरिएको छ। कर्णाली युवा महोत्सवको समापन समारोहका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

advertisement

प्रदेश प्रमुख यज्ञराज जोशीले स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएकी नेत्ररोग विशेषज्ञ डा. आकांक्षा रानालाई अवार्ड प्रदान गरे। त्यस्तै, पत्रकारितातर्फ चाँदनी कठायत, देउडा गीत तथा संगीततर्फ इब्सल सन्ज्याल र गीत संगित शिव संगीत, युवा व्यवसायीतर्फ मनिषजंग शाही, युवा उद्यमीतर्फ प्रमिला बुढा सम्मानित भए।

यसैगरी, सामाजिक क्षेत्रमा हिक्मत वादी, समाजसेवातर्फ हरि कँडेल, चलचित्रतर्फ केशव थापा र युवा उत्प्रेरणातर्फ आदर्शविक्रम सिंहलाई पनि अवार्ड प्रदान गरिएको छ।

कर्णालीलाई कर्मथलो बनाई समाजका विभिन्न क्षेत्रमा प्रेरणादायी कार्य गर्दै सामाजिक रूपान्तरणमा योगदान पुर्‍याएका युवाहरूलाई उक्त अवार्डमार्फत सम्मान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com