काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार अपराह्न ३ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

उक्त बैठकमा संघीय संसदको अधिवेशन आह्वानका लागि रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने विषयमा निर्णय हुने उच्च सम्भावना रहेको एक मन्त्रीले जानकारी दिएका छन्।

advertisement

यसैबीच, राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा यसअघि प्रस्तावित आठवटै अध्यादेश मंगलबारै जारी गरिसकेका छन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित सबै अध्यादेश लागू भएसँगै सरकार अब संसद अधिवेशन बोलाउने प्रक्रियालाई अघि बढाउने तयारीमा रहेको जनाइएको छ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com