काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई नेताको जिम्मेवारी हेरफेर गरेको छ।
वैशाख २० गते बसेको सचिवालय बैठकले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रको जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार नयाँ निर्णयअनुसार केसी र मिश्रलाई केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी प्रदान गरिएको छ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया