काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रिहा हुने भएका छन्।

मंगलबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिँदा न्यायाधीश मोना सिंहको इजलासले उनलाई थप हिरासतमा राख्ने अनुमति नदिएको हो।

advertisement

अदालतले दिएको आदेशमा अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै म्याद थप गर्न अस्वीकार गरिएको उल्लेख छ। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) अनुसार उनलाई हिरासतमा राखी अनुसन्धान गर्न आवश्यक नदेखिएको अदालतको ठहर छ।

यसअघि सोमबार सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो। तर सो आदेशपछि केही समयमै उनी पुनः पक्राउ परेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्कै कसुरको अनुसन्धानका लागि भन्दै उनलाई फेरि नियन्त्रणमा लिएको थियो।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले धितोपत्रसम्बन्धी मुद्दामा उनलाई रिहा गर्न आदेश दिएको थियो। तर पछि बीमा सम्बन्धी छुट्टै अनुसन्धानका लागि उनलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको थियो।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com