काठमाडौं । माइतीघरमा अनशनरत शोभा पाठकमाथि आक्रमण गर्ने समूहविरुद्ध प्रहरीले ‘ज्यान मार्ने उद्योग’ कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्वमन्त्री महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनाविरुद्ध उक्त कसुरमा कारबाही अघि बढाउन अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको हो।
मंगलबार बुझाइएको प्रतिवेदनमा पाठकमाथि भएको आक्रमणलाई गम्भीर अपराधका रूपमा उल्लेख गर्दै अभियोग दर्ता गर्नुपर्ने राय दिइएको छ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया