काठमाडौं । सुनसरीको बराहक्षेत्रमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरेर भइरहेको गाँजा तस्करी प्रहरीले विफल पारेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट ठूलो परिमाणको गाँजासहित दुई जना भारतीय नागरिक र तस्करीमा प्रयोग गरिएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको गस्ती टोलीले उक्त सफलता हात पारेको जनाएको छ।

advertisement

मंगलबार साँझ करिब ५ बजे चतराबाट तेह्रआर्डीतर्फ जाँदै गरेको बीआर ०७ पीसी ४७६५ नम्बरको भारतीय एम्बुलेन्स प्रहरी देख्नेबित्तिकै भाग्न खोजेको थियो। शंकास्पद गतिविधि देखिएपछि प्रहरीले पिछा गर्दै एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।

खानतलासी गर्दा एम्बुलेन्सभित्र प्लास्टिकका बोरा प्रयोग गरी लुकाएर राखिएको अवस्थामा १४८ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजा बरामदसँगै भारत बिहार राज्य सुपोल जिल्लाको वीरपुर बस्ने १८ वर्षीय धर्मेन्द्र कुमार यादव र सोही ठाउँका २१ वर्षीय मोहम्मद सदामलाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई बरामद गाँजा र एम्बुलेन्ससहित थप कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।

प्रहरीका अनुसार उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com