काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्की भन्छिन्, ‘रास्वपा स्वास्थ्य विभागलाई हामी केन्द्रदेखि पालिका स्तरसम्म विस्तार गर्दै नितिगत कामहरु गर्दैछौँ ।’

advertisement

उनका अनुसार अस्पतालमा लाग्ने गरेको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी होइन । यो स्वास्थ्य प्रणालीकै कमजोरी हो ।

यस सन्दर्भमा रास्वपाले स्वास्थ्य तथा जनसंख्या विभागमार्फत काम गर्दैछ । स्वास्थ्य नीतिमा आमुल परिवर्तन ल्याउनका लागि विभागमार्फत काम गरिने डा.तोसिमा कार्की ले जानकारी दिइन् ।

 

यस निम्ति विज्ञहरू र विभागीय सदस्यहरू समेत चाहिएको उनले बताइन् । नेपालको स्वास्थ्य अवस्था बदल्नका निम्ति सबै एक हुन आवश्यक रहेको भन्दै उनले डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञहरू, स्वास्स्थ्य प्रविधिका इन्जिनियर र व्यवस्थापकहरूलाई विभागमा जोडन आह्वान गरेकी छन् ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com