काठमाडौं। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर विवाद चर्किएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सक्रियता देखाएका छन् ।

दलको नेता फेर्ने कसरतमा लागेका सुदूरपश्चिमका सांसदहरूलाई छलफलका लागि अध्यक्ष ओलीले भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बोलाएर छलफल गरेका छन् ।

advertisement

सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमालेका ११ जना सांसदहरू अहिले गुण्डु पुगेर नेतृत्व परिवर्तनको विषयमा छलफल गरिरहेका छन् ।

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा हाल राजेन्द्र रावल रहेका छन् ।

तर केही समयदेखि उनलाई हटाएर नयाँ नेता चयन गर्नुपर्ने माग गर्दै सांसदहरूले आन्तरिक छलफल र दबाब बढाउँदै लगेका थिए ।

संसदीय दलभित्रको यो किचलोले पार्टीको प्रदेश संरचनामा नै असर पर्न सक्ने देखिएपछि अध्यक्ष ओलीले उनीहरूसँग प्रत्यक्ष कुराकानी गर्न लागेका हुन् ।

अध्यक्ष ओलीले सांसदहरूका असन्तुष्टि सुन्ने र पार्टीको आन्तरिक एकता कायम राख्न निर्देशन दिने बुझिएको छ ।

सुदूरपश्चिमको यो विवादले केन्द्रीय राजनीति र प्रदेश सरकारको समीकरणमा समेत प्रभाव पार्न सक्ने भएकाले यो छलफललाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com