बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा दुई समूहबीच भएको झगडामा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार व्रतबन्ध कार्यक्रमका क्रममा युवकहरूबीच विवाद चर्किएपछि झडप भएको हो। सो क्रममा बियरको बोतल प्रहार हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

मृतक खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशाल चन्द ठकुरी रहेका छन्।

झडपमा जुम्लाको चन्दननाथ नगरपालिका–४ घर भई बेलासपुरमा बस्दै आएका २० वर्षीय योगेन्द्र सुनार घाइते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवा निवासी १९ वर्षीय दिपेन्द्रराज गिरी, १८ वर्षीय सुशील खत्री, २० वर्षीय खकेन्द्र देवकोटा र २० वर्षीय बिबियस कुँवर रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com