काठमाडौं। नेपाली चलचित्र लालीबजार आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

उच्च अदालत पाटनले यसअघि दिएको प्रदर्शन रोकसम्बन्धी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि फिल्म प्रदर्शनको बाटो खुलेको हो।

advertisement

चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराईले अदालतको निर्णयपछि फिल्म निर्धारित समयमै रिलिज गर्न लागिएको जानकारी दिएका छन्।

यसअघि वैशाख १८ गते प्रदर्शनको तयारीमा रहेको फिल्म अदालतको आदेशका कारण स्थगित भएको थियो।

बादी समुदायको कथामा आधारित यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ।

षड्कोण आर्ट्सको निर्माणमा बनेको यस फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् भने निर्देशन यम थापाले गरेका हुन्।

अदालतको निर्णयसँगै चलचित्र ‘लालीबजार’ को प्रदर्शनलाई लिएर देखिएको अन्योल अन्त्य भएको छ र दर्शकले अब फिल्म हलमा हेर्न पाउने भएका छन्।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com